एमाले नेता बिष्णु रिमाल प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकारमा नियुक्त भएका छन्।

शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले रिमाललाई प्रधानमन्त्रीको ओलीको प्रमुख सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको वातावरण तथा जनसंख्या मन्त्री लालबाबु पण्डितले जानकारी दिए।

रिमाल एमाले पोलिटब्यूरो सदस्य हुन् । २०७२ मा ओली प्रधानमन्त्री हुँदा रिमाल राजनीतिक सल्लाहकार थिए।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस