घोराही, १३ फागुन । घोराही उपमहानगरपालिका वडा नं. १६ ले कृषकहरुलाई उन्नत जातको घाँसको विउ वितरण गरेको छ । व्यवसायिक पशुपालनलाई प्रोत्साहित गर्न अनुदानमा घाँसको विउ वितरण गरिएको वडा अध्यक्ष लछिनप्रसाद वुढाले जानकारी दिए ।

सर्रास्थित वडा कार्यालयमा आइतबार एक कार्यक्रमको आयोजना गरी घोराही उपमहानगरपालिकाका प्रमुख एवं कार्यक्रमका प्रमुख अतिथी नरुलाल चौधरीले एकसय वढि कृषकहरुलाई घाँसको विउ वितरण गरेका थिए ।  कार्यक्रममा बोल्दै उपमहानगरप्रमुख नरुलाल चौधरीले निर्वाहमुखि भन्दा पनि व्यवसायिक पशुपालनतर्फ लाग्न कृषकहरुलाई आग्रह गरे । खानकालागि चिन्ता कसैलाई छैन, चिन्ता छोराछोरीको पठनपाठनदेखि आर्थिक आम्दानीकालागि गर्नुपर्छ उपमहानगर प्रमुख चौधरीले भने,– आयआर्जन बढाउनकालागि व्यवसायिक रुपमा अघि बढ्नुपर्छ हामी तपाईहरुको काममा सक्दो सहयोग गर्छौं ।

सो अवसरमा बोल्दै घोराही उपमहानगरपालिका वडा नं. १६ का अध्यक्ष लछिनप्रसाद वुढाले वडावासीको आर्थिक समृद्धिकालागि पहिलो सडक सञ्जाल निर्माण र दोस्रो कृषि उत्पादन वृद्धिकालागि नीति, कार्यक्रमलाई प्राथमिकिकरणमा राखेको जानकारी दिए । केहीदिन अघिमात्रै पशुलाई भ्याक्सिन दिने काम गरिएको र अव उचित पशु आहारकालागि किसानलाई उन्नत जातको घाँसको विउ अनुदानमा दिइएको बुढाले बताए । वडा कार्यालयले पचास प्रतिशत अनुदानमा दिने चरी घाँसको विउलाई शतप्रतिशत अनुदानमा वितरण गरेको वडा सदस्य जगतप्रसाद श्रेष्ठले बताए ।

प्रहरीलाई सामान हस्तान्तरण

यसैवीच १६ नम्वर वडा कार्यालयले सर्रास्थित अस्थायी प्रहरी पोष्टलाई विभिन्न सामग्री हस्तान्तरण गरेको छ । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले अस्थायी प्रहरी पोष्टका इन्चार्ज देवराज वलीलाई विभिन्न १५ प्रकारका सामग्री हस्तान्तरण गरेका थिए । अस्थायी प्रहरी पोष्टमा खाना पकाउने, खाने, बस्ने सामग्रीको अभाव भएपछि कुकर, कराई, बाल्टी, गाग्री, जग, कुर्सी, टेवललगायतका विभिन्न सामग्री प्रदान गरेको वडा नं. १६ का अध्यक्ष लछिनप्रसाद बुढामगरले जानकारी दिए ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस