प्रदेश ५ मा आजका लागि आव्हान गरिएको प्रदेश सभाको बैठक फागुन २७ गतेका लागि सरेको छ । प्रदेशसभामा छलफल गर्ने विषयवस्तुमा तयारी नपुगेको भन्दै बैठक सारिएको हो । कार्यव्यवस्था परामर्श समितिको परामर्श अनुसार बैठक सारिएको प्रदेशसभा सचिवालयका सचिव मानबहादुर विश्वकर्माले बताउनुभयो । आजको बैठकमा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको सेवा सुविधा तोक्ने र आर्थिक विधेक नियमावली बनाउने कार्यसुचि रहेको थियो । २७ गतेको बैठकमा यी विधेयक संगै सरकारले विश्वाशको मत समेत लिने तयारी गरेको एमाले सचेत भूमिश्वर ढकालले बताउनुभयो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस