घोराही, १४ फागुन । दाङ व्यापारिक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगिक कृषि प्रदर्शनी २०७४ सकिएको छ । सोमबार औपचारिक कार्यक्रम गरेर महोत्सवको समापन गरिएको हो । फागुन ३ गतेदेखि सुरु भएको महोत्सवमा १८ करोडको कारोवार भएको महोत्सव मुल आयोजक समिति एवं दाङ उद्योग वाणिज्य संघले जनाएको छ । १२ दिन चलेको महोत्सवलाई साढे तिन लाख दर्शकले अवलोकन गरेको मुल आयोजक समितिका संयोजक नारायणप्रसाद भुसालले जानकारी दिनुभयो ।

समापन अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथी एवं प्रदेशसभा सदस्य अमरबहादुर डाँगीले महोत्सवले दाङको चिनारीलाई उजागर गरेको बताउनुभयो । ग्रामिण र शहरी अर्थतन्त्रको संयोजनको काम महोत्सवले गरेको भन्दै उहाँले दाङका स्थानीय उत्पादनलाई यसले प्रोत्साहन गर्न मद्दत गरेको बताउनुभयो । झण्डै २० वर्षअघि देखि दाङमा मेला,महोत्सवको सुरुवात गरेको स्मरण गर्दै डाँगीले यस्ता महोत्सवले सामाजिक, साँस्कृतिक एवं आन्तरिक पर्यटनलाई बढावा दिएको बताउनुभयो । स्टलका माध्यमबाट कृषि उत्पादनको प्रवद्र्धन, गीत संगीतको माध्यमबाट संस्कार, संस्कृति र अध्ययन अवलोकनको माध्यमबाट आन्तरियक पर्यटनको उजागर गर्ने काम महोत्सवले गरेको प्रमुख अतिथी डाँगीको भनाई थियो । उहाँले प्राविधिक शिक्षालाई प्रवद्र्धन गर्न सके चाहेको जस्तो औद्योगिक विकास गर्न सकिने बताउनुभयो । डाँगीले बुटवलमा रहेको प्रदेश राजधानी सर्ने निश्चित भएको तर कहाँ रहने भन्ने विषयमा सवैको सहमतिमा तोकिने बताउनुभयो ।कार्यक्रमका विशिष्ट अतिथी एवं घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले कृषि, पर्यटन र संस्कृति नै आर्थिक विकासका आधार भन्दै महोत्सवले यी सवै विषयलाई उजागर गरेको बताउनुभयो । उपमहानगरपालिकाले घोराहीमै औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णयका साथ अघि बढिसकेको भन्दै आर्थिक समृद्धिकालागि सवै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो । समापन अवसरमा बोल्ने बक्ताहरुले दाङलाई आत्मनिर्भर बनाउने अभियानमा एकाकार भएर लाग्नुपर्नेमा जोड दिएका थिए । कम्तिमा आफूलाई चाहिने वस्तु तथा सेवालाई आफैले उत्पादन गर्ने अभियानमा दाङवासी लाग्नुपर्ने वक्ताहरुको जोड थियो । व्यवसाय हुनेले स्थानीय उत्पादनलाई नै विक्रि वितरण गरौ, जमिन हुनेले खेतीपाति गरौं र जमिन नहुनेले श्रमको खर्च गरौ वक्ताहरुले भने,– आर्थिक समृद्धि ल्याउने हो भने सवै उत्पादनमा लागौं, परनिर्भरता हटाऔ, आत्मनिर्भर बनौं ।

दाङ उद्योग वाणिज्य संघका अध्यक्ष एवं महोत्सव मुल आयोजक समितिका संयोजक नारायणप्रसाद भुसालको अध्यक्षतामा भएको समापन कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष टीकाराम खड्का, नेपाली काँग्रेसका उपसभापति कमानसिंह भारति, नेकपा माओवादी केन्द्रका निर्मल आचार्य, राष्ट्रिय जनमोर्चाका गणेश आचार्य, नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य ध्रुव श्रेष्ठ भारी, घोराही उपमहानगरपालिका १४ का अध्यक्ष शक्तिराम डाँगी, नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेल, जिल्ला अध्यक्ष सविन प्रियासन, प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरु रावत, हापुरे उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानप्रसाद आइतवारेलगायतले बोल्नुभएको थियो । कार्यक्रममा महोत्सवका क्रममा सञ्चालन गरिएका विभिन्न प्रतियोगिताका विजेताहरुलाई पुरस्कार एवं महोत्सव सफल बनाउन सहयोग गर्नेहरुलाई कदरपत्रले सम्मान गरिएको थियो ।

बजाज र स्वराजको विक्रि धेरै

महोत्सवका क्रममा स्वराज टेक्टरको विक्रि अत्यधिक भएको छ । महोत्सव अवधिभर १० वटा ट्रेक्टर विक्रि भएको र झण्डै एक करोड ७७ लाखको कारोवार भएको तेजभक्त इन्टरनेश्नलका बजार व्यवस्थापक धिरज घिमिरेले जानकारी दिनुभयो । यसैगरी बजाजले पनि महोत्सव अवधिभर २ मोटरसाइकल र २ अटो रिक्सा विक्रि गरेको बजाज स्वरुमका प्रोप्राइटर बलदेव योगीले जानकारी दिनुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस