२३ फागुन, काठमाडौं । केपी ओलीको नयाँ सरकारले राष्ट्रियसभाका लागि सिफारिस गरेका तीनजनाले अब सपथ खाने पक्का भएको छ । उनीहरुको सपथग्रहण रोक्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश आज खारेज भएको हो ।

यसअघि सर्वोच्च अदालतका न्यायाशीध प्रकाश राउतको एकल इजलासले दिएको अन्तरिम आदेशका कारण अर्थमन्त्रीसमेत रहेका डा. युवराज खतिवडाका साथै रामनारायण बिडारी र विमला पौड्यालले राष्ट्रियसभाको सांसद पदमा सपथ लिन पाएका थिएनन् ।

अब तीनैजना सांसदले सपथ ग्रहण गर्न पाउनुका साथै राष्ट्रपतिको निर्वाचनमा समेत भोट हाल्न पाउने भएका छन् ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस