घोराही, २४ फागुन । घोराही उपमहानगरपालिका १९ बाम्ला धनडाँडाका अग्नी पीडितहरुलाई रेडक्रसले राहत सामग्री प्रदान गरेको छ । केही दिन पहिले आगलागी हुँदा दुई परिवारका तीन घर जलेर नष्ट भएका थिए ।

घोराही उपमहानगरपालिकाको समन्वयमा रेडक्रसले त्रिपाल, कम्बल, बाल्टिन, डोरी, काँचो कपडा र भाँडाहरु उपलब्ध गराएको हो । उक्त रातह सामग्री पीडित डिला रावत र वीरबहादुर बिकलाई नगर प्रमुख नरुलाल चौधरी, उपप्रमुख सीता न्यौपाने, बिपत् व्यवस्थापन समितिका संयोजक शक्तिराम डाँगी, रेडक्रस घोराही सभापति थम्मन चौधरी, वडा सदस्य जंग रोकाले प्रदान गर्नुभएको हो । यसअघि अग्नी पीडितलाई घोराही उपमहानगरपालिकाले आवस्यक खाद्यान्न सामग्री उपलब्ध गराएको थियो ।

त्यस्तै घोराही २ भुजीडाँडामा आगलागीबाट २ घर जलेका पीडितहरुलाई पनि उपमहानगरले खाद्यान्न सहयोग गरेको छ । उपप्रमुख सीता न्यौपाने, बिपत् व्यवस्थापन समितिका संयोजक शक्तिराम डाँगी, वडा नम्बर २ का अध्यक्ष केशव आचार्यसहितको टोलीले अग्नी पिडितलाई खाद्यान्न उपलब्ध गराएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस