दाङ, २४ फागुन । २०७४ विश्व मिर्गौला दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी आज मनाइँदैछ ।

सन् २००६ देखि विश्वभर मनाइँदै आएको दिवसको यस वर्षको नारा मिर्गौला र महिलाको स्वास्थ्य भन्ने तय गरिएको छ । दिवसको अवसरमा राष्ट्रिय मिर्गौला उपचार केन्द्रले उपत्यका बाहिर विराटनगर, चितवन र दमौलीमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ । नेपालमा कुल जनसंख्याको करीब १० प्रतिशतलाई कुनै न कुनै किसिमको मिर्गौला सम्बन्धी रोग रहेको केन्द्रको अनुमान छ ।

केन्द्रका अनुसार वार्षिक करीब तीन हजार मिर्गौला नयाँ बिरामी थपिने गरेका छन् । गम्भीर मिर्गौला रोगका कारण प्रत्येक वर्ष विश्वमा ६ लाख महिलाले ज्यान गुमाउने गरेको तथा १६ करोड ५० लाख महिला प्रभावित रहेको तथ्याङ्क छ ।

मिर्गौला सम्बन्धी समस्या पुरुषमा भन्दा महिलामा बढी रहेको केन्द्रका कार्यकारी निर्देशक डा. ऋषिकुमार काफ्लेले बताउनुभयो । मधुमेह, उच्च रक्तचाप, धुम्रपान गर्ने तथा ५० वर्ष उमेर नाघिसकेका व्यक्तिले नियमित रुपमा परीक्षण गरे मिर्गौला सम्बन्धी रोगबाट बच्न सकिने चिकित्सक सुझाउँछन् ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस