घोराही, २४ फागुन । बिहीबार १०८औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइयो । विभिन्न सरकारी र गैरसरकारी निकायहरुले तामझामका साथ कार्यक्रम गरे । तर श्रम गरेर साँझ बिहानको छाक टार्नेहरुलाई भने दिवसले छुने मात्रै हैन पत्तो नै पाएनन् ।

विभिन्न संस्थामा आबद्ध भएकाहरुले कार्यक्रमको आयोजना गरेर भाषण गरे, जेरी र समोसा खाए अनि सुकिला मुकिला भएर कार्यक्रममा पुगे । तर दैनिक श्रम गरेर मुखमा माड लगाउने श्रमिकहरु भने काममै जोतिइरहे ।

काम छोडेर र्‍याली र सभामा पुगे उनीहरुको साँझको गास रोकिन्छ । हेरौ केही तस्विरहरु..‍‍….

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस