घोराही, २५ फागुन । हरेक वर्ष आयोजना हुने जेसीज कप क्लव स्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता शनिवारदेखि घोराहीमा सुरु हुँदैछ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक त्रिभुवननगर जेसीजले जानकारी दिएको छ ।

चैत ४ गतेसम्म चल्ने प्रतियोगितामा देशका विभिन्न १६ वटा क्लबहरु सहभागी हुनेछन् । त्रिभुवननगर जेसीजले शुक्रवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी सन् २०१६ देखि थालिएको जेसीज कप क्रिकेट पहिलो वर्ष जिल्लास्तरीय, दोस्रो वर्ष अञ्चल र यसपाली राष्ट्रस्तरीय प्रतियोगिता सञ्चालन गर्न लागेको जानकारी दिएको छ ।

घोराहीको गुलरियास्थित क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगिताको विजेतालाई एक लाख २५ हजारसहित शिल्ड, उपविजेतालाई ५० हजार नगदसहित शिल्ड र म्यान अफ द सिरिजलाई १५ हजार, वेष्ट बलर, वेष्ट ब्याट्सम्यान, जसीज इमरजिङ खेलाडीलाई दश, दश हजारसहित शिल्ड र प्रमाणपत्र दिइने आयोजकले जानकारी दिएको छ । यसैगरी म्यान अफ द म्याचलाई २ हजारसहित शिल्ड र प्रमाणपत्र दिइनेछ ।

त्रिभुवननगर जेसीजका अध्यक्ष लालमणि भण्डारीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियाशनको प्रमुख आतिथ्यतामा भएको पत्रकार सम्मेलनमा प्रतियोगिताको संयोजन गरिरहेको दाङ क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाँले प्रतियोगिता सफल पार्न सहयोगका लागि सबैलाई आग्रह गर्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन जेसीजका महासचिव वुद्धिप्रकाश शर्माले गर्नुभएको थियो । प्रतियोगिताको उद्घाटन विहान ८ बजे हुने आयोजकले जनाएको छ । उद्घाटन खेल यूएनविसी क्लव घोराही र पुरन्धारा क्रिकेट क्लववीच हुनेछ ।

प्रतियोगितामा धनगढी क्रिकेट एकेडेमी, इन्द्रेणी क्रिकेट क्लब भालुवाङ, नेपाल स्टार क्रिकेट क्लब कोहलपुर, जय नेपाल स्पोट्स क्लव कृष्णनगर, सुर्खेत क्रिकेट संघ, देवदह क्रिकेट युनिट बुटवल, पव्लिक ज्ञानज्योति तुलसीपुर, घोराही क्रिकेट एकेडेमी, योङ गन्स क्रिकेट क्लब नेपालगञ्ज, होली ल्याण्ड बाँके, जग्वार क्रिकेट क्लव बाँके, महाकाली क्रिकेट क्लव, घोराही ग्लाइडर क्रिकेट क्लब र होराइजन क्रिकेट एकेडेमी बर्दियाले प्रतिष्प्रर्धा गर्नेछन् ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस