घोराही, २६ फागुन । जेष्ठ नागरिक सरोकार केन्द्र दाङले असल छोरा बुहारीलाई सम्मान गरेको छ । घरका जेष्ठ नागरिकलाई सम्मानका साथ पालनपोषण र माया ममता दिएर राखेको भन्दै केन्द्रले पाँचवटा परिवारका छोराबुहारीलाई सम्मान गरेको हो ।

जेष्ठ नागरिक सरोकार केन्द्र दाङले शनिबार तेरौँटेमा आयोजना गरेको ११औँ वार्षिक साधारणसभामा असल छोरा बुहारीलाई सम्मान गरेको हो । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले जेष्ठ नागरिकसहित छोरा बुहारीलाई दोसल्ला ओढाउनुका साथै सम्मान पत्र प्रदान गर्नुभएको हो ।
घोराही उपमहानगरपालिका १६ निवासी मधुसूदन पाण्डे र सीता पाण्डेलाई सम्मान गरिएको हो । त्यसैगरी, केन्द्रले घोराही १४ का भूपबहादुर रावत र गोमा रावतलाई पनि असल छोरा बुहारीकारुपमा सम्मान गरेको छ ।

यसैगरी, घोराही १६ का बालुराम चौधरी र स्यानी चौधरीलाई पनि सम्मान गरिएको छ । त्यसैगरी घोराही ६ का शिवराज पौडेल र पुष्पा पौडेल, घोराही १६ अम्बापुरका गणेश बुढाथोकीलाई पनि जेष्ठ नागरिक सरोकार केन्द्रले सम्मान गरेको हो ।
आफ्ना जेष्ठ परिवारलाई घरमै सम्मान र मायासहित पालानपोषण गरेको भन्दै जेष्ठ नागरिकको राम्रोसँग हेरचाह गर्नुपर्छ भन्ने सन्देश दिन केही असल छोरा बुहारीलाई सम्मान गरिएको केन्द्रले जनाएको छ ।

यसैबीच, घोराही उपमहानगरपालिकाका मयेर नरुलाल चौधरीले जेष्ठ नागरिकहरुलाई घरमै सम्मानका साथ बस्ने वातावरण बनाउने बताएका छन् । जेष्ठ नागरिक सरोकार केन्द्रको ११औँ साधारणसभाको उद्घाटन गर्दै मेयर चौधरीले जेष्ठ नागरिकहरु जन्मदाता मात्रै नभई सीप, ज्ञानको समेत भण्डार भएको भन्दै उनीहरुलाई घरभित्रै उचित सम्मानको वातावरण बनाउने बताए ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस