घोराही, २६ फागुन । दाङको देउखुरी क्षेत्र आगलागीको उच्च जोखिममा रहेको छ । विगतका वर्षहरुमा गर्मी मौसमसँगै चल्ने हावाहुरीले आगलागीको घटनामा थप क्षति निम्तने गरेको छ । जिल्ला बिपद् व्यवस्थापन तथा आपत्कालीन कार्यसञ्चालन केन्द्रकाअनुसार देउखुरीको राजपुर, गढवा र पहाडी बंगलाचुली गाउँपालिका आगलागीको उच्च जोखिममा रहेका छन् ।

फुस र खरका छाना भएका घरहरु आगलागीको उच्च जोखिममै रहने केन्द्रको भनाइ छ । यसैबीच चालु आर्थिक वर्षको हालसम्म जिल्लाका ५५ वटा घरमा आगलागी भएको छ । जसका कारण मानवीयसँगै आर्थिक क्षति भएको केन्द्रका सूचना अधिकारी खिलानाथ दाहालले जानकारी दिनुभएको छ ।

दाङमा बर्सेनी करिब १ सय ४० वटा घरमा आगलागी हुँदै आएको सरकारी तथ्यांक रहेको छ । बितेको पाँच वर्षमा दाङमा ६ सय ७९ घर जलेर नष्ट भएका छन् । २०६९ सालमा १ सय, २०७० सालमा एक सय ३७, २०७१ सालमा एक सय ८०, २०७२ सालमा एक सय १८ र २०७३ सालमा ८५ घरमा आगलागी भएको थियो ।

अन्य क्षेत्रभन्दा देउखुरी क्षेत्रमा हरेक वर्ष आगलागीका घटना दोहोरिने गरेको छ । तर, आगलागीको घटना दोहोरिन नदिन ठोस योजना बन्न नसक्दा र घरहरुमा पनि सुरक्षा नअपनाउँदा सधैँ आगलागी हुने गरेको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस