दाङ, २८ फागुन । राष्ट्रियसभा अध्यक्षका लागि आज मनोनयन दर्ता हुने भएको छ। मनोनयन दर्ताका लागि बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको छ ।

दिउँसो साढे १ बजे उम्मेदवारको नामावली सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ । अध्यक्ष पदको निर्वाचन भने बुधबार मात्र हुनेछ ।
एमाले र माओवादीबीच राष्ट्रियसभा अध्यक्ष एमालेले पाउने सहमति भइसकेको छ । सभामुख पद लिएको माओवादीले राष्ट्रियसभा अध्यक्षमा एमालेलाई सघाउने छ ।
तीन सदस्यले भोट हाल्न नपाउने
राष्ट्रियसभा सदस्यमा तीन सदस्यले भने भोट हाल्न नपाउने भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित डा. युवराज खतिवडा, रामनारायण विडारी र डा. विमला पौडेलले भोट हाल्न नपाउने भएका हुन् ।

उनीहरुको शपथअघि नै मतदाताहरुको अन्तिम नामावली सार्वजनिक भइसकेकाले थपघट गर्न नमिल्ने निर्वाचन आयोगले जनाएको छ ।
एमालेबाट २७, कांग्रेसबाट १३, माओवादीबाट १२ तथा संघीय समाजवादी फोरम र राजपाबाट २-२ जना गरी राष्ट्रिय सभामा जम्मा ५९ सांसद छन् ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस