काठमाडौं, २८ फागुन । यूएस बंगलाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४६ पुगेको छ ।

ढाकाबाट काठमाडौं आएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा एयर बंगलाको विमान रनवेबाट बाहिर गएर दुर्घटना भएको छ।
ढाकाबाट आएको ड्यास–८ विमान दिउँसो २ बजेर २० मिनेट जाँदा अवतरणको क्रममा रनवे बाहिर पुगेर दुर्घटना भएकाे हाे। फ्लाइट नम्बर युबिजी २११ भएको उक्त विमानमा चालकदलका ४ सहित ७१ यात्रु यात्रारत थिए ।

दुर्घटना स्थलमा ४६ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

३१ जनाको उद्दार गरिएकोमा ८ जनाको मृत्यु भएको एसएसपी पूर्णचन्द्र जोशीले जानकारी दिए ।
मृतकको संख्या बढ्नसक्छ ।

घाइतेहरुको केएमसी, नर्भिक लगायतका अस्पतालमा उपचार भइरहेको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस