घोराही, २८ फागुन । घोराही उपमहानगरपालिकाले बजार क्षेत्रमा रहेका छाडा पशु चौपायाको व्यवस्थापन थालेको छ ।

घोराही उपमहानगरपालिका वडा नम्बर १४ र १५ बजार क्षेत्रमा रहेका छाडा गाईगोरुहरुको उपमहानगरले व्यवस्थापन थालेको हो । केही दिन अघि घोराही बजार क्षेत्रबाट नियन्त्रणमा लिएका ६१ गाईगोरु विभिन्न व्यक्तिहरुको जिम्मा लगाइएको छ ।

जसअन्तर्गत रोल्पामा पाल्नका लागि ४६ वटा, उपमहानगरका कर्मचारीहरुले ४ वटा र ६ वटा सम्बन्धित व्यक्तिले लगेका छन् भने दुई वटा दुहुना गाईलाई कार्यालयमै राखिएको छ ।

रोल्पा त्रिवेणी गाउँपालिका ७ गैरीगाउँका कर्णबहादुर विक, चन्द्रबहादुर परियार, गोपाल विक र खगेन्द्र वलीले पाल्नका लागि ४६ वटा गाईगोरु लगेका छन् । उपमहानगरपालिकाले जिल्ला प्रशासन, जिल्ला प्रहरी, नागरिक समाज, दाङ जिल्ला उद्योग बाणिज्य संघ तथा पत्रकारहरुको रोहबरमा गाईगोरुको जिम्मा लगाएको हो ।रोल्पा पठाइएका गाईगोरुलाई किसानहरुले पाल्ने विषयमा त्रिवेणी गाउँपालिकाका अध्यक्षसँग समेत उपमहानगरले समन्वय गरेर गाईगोरु पठाइएको मेयर नरुलाल चौधरीले जानकारी दिनुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस