काठमाडौं, २८ फागुन । राष्ट्रियसभाको अध्यक्षमा एमालेका गणेश तिमिल्सिना निर्विरोध हुनुभएको छ ।

निर्धारित समय १ बजेसम्म पनि अध्यक्षमा कसैको उम्मेदवारी नपरेपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको हो तर यसको औपचारिक घोषणा भने बुधबारको राष्ट्रियसभा बैठकले गर्नेछ ।

तिमिल्सिनाको प्रस्तावकमा एमालेका खिमलाल भट्टराई र समर्थकमा माओवादीका दीनानाथ शर्मा र एमालेका सुमनराज प्याकुरेल हरनुभएको थियो ।

राष्ट्रियसभामा आफ्ना १३ सांसद रहेको काँग्रेसले अध्यक्षमा उम्मेदवारी दिएन । जम्मा ५९ सा‌ंसद रहेको राष्ट्रियसभामा एमालेबाट २७, माओवादीबाट १२ तथा संघीय समाजवादी फोरम र राजपाबाट २-२ जना छन् ।

एमालेका शीर्ष नेताहरुको सोमबार बसेको बैठकले तिमल्सिनालाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको थियो । पर्वतका तिमल्सिना एमाले पोलिटब्यूरो सदस्य एवं प्रदेश ४ का सहसंयोजक हुन् ।

बाम गठबन्धनमा राष्ट्रियसभाको अध्यक्ष एमालेको भागमा परेको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस