घोराही, २८ फागुन । घोराहीमा जारी जेसीज कप क्लबस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार होलील्याण्ड उमावि र ज्यागुयर क्रिकेट क्लव विजयी भएका छन् ।

गुलरिया क्रिकेट मैदानमा भएको पहिलो खेलमा होलील्याण्डले नेपाल स्टार क्रिकेट क्लबलाई ५ विकेटले पराजित गरेको हो । टस जितेर पहिले व्याटिङ गरेको नेपाल स्टारले पूरा २० ओभर खेल्दै ८ विकेटको क्षतिमा जम्मा ११३ रन बनायो ।

जसका लागि शिव डाँगीले २७, विनायक गिरीले २६ रन जोडे भने होलील्याण्डका अभिनाश बोहराले ३, अमरसिंह रौटेलाले २ विकेट लिएका थिए ।

११४ रनको विजयी लक्ष्य पछ्याएको होलील्याण्डले १२ ओभरमै ४ विकेटको क्षतिमा लक्ष पूरा गर्‍यो । जसका लागि मनोज सुनारले सर्वाधिक ३७, सामसुद्दिन अन्सारीले ३५ रन जोडे ।

नेपाल स्टारका शिव डाँगीले ४ विकेट लिएका थिए । ३ विकेट लिने होलील्याण्डका अविनाश बोहरा म्यानअफ द म्याच घोषित भए ।

यसैगरी सोमबार नै भएको दोस्रो खेलमा जय नेपाल स्पोर्ट्सलाई ७ विकेटले हराउँदै ज्यागुयर क्रिकेट क्लब विजयी भयो ।

टस जितेर पहिले व्याटिङमा उत्रिएको जय नेपालले पूरै ओभर खेल्दै ५ विकेटको क्षतिमा १५२ रन बनाएको थियो ।

जसका लागि मैनुद्दिन खानले सर्वाधिक ४३, अब्दुल नसिमले ३० र प्रज्ज्वल थापाले २७ रन जोडेका थिए । ज्यागयरका मेराज अन्सारी र शाहिद अन्सारीले समान १/१ विकेट लिए ।

१५३ रनको विजय लक्ष पछ्याएको ज्यागुयरले १९ ओभरमै २ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो ।

जसका लागि रमेश सिंहले ८६, शाहिद अन्सारीले ३७ र इमरान आलम खानले १२ रन जोडेका थिए । जयनेपालका अव्दुल नसीम र सवान अलीले समान १/१ विकेट लिए ।  ८६ रन बनाउने ज्यागुयरका रमेश सिंह म्यान अफ द म्याच भए ।यसैगरी मंगलवार पहिलो खेल कर्णाली प्रदेश र महाकाली क्रिकेट क्लव तथा दोस्रो खेल जीजीसिए र देवदह क्रिकेट एकेडेमीबीच प्रतिस्पर्धा हुने आयोजक त्रिभुवननगर जेसीजले जनाएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस