तुलसीपुर, ३० फागुन । मेट्रो कलेज सञ्चालनका बारेमा तुलसीपुर उपमहानगरपलिकाले छलफल सुरु गरेको छ ।

उक्त अवसरमा सदस्य एवम् तुलसी स्कुलका प्रिन्सिपल भीष्म केसीले कलेजमा धेरै संकायका विषयको अध्यापन गराउनु भन्दा पनि प्रारम्भमा सीमित विषयलाई प्रभावकारी ढँगले अध्यापन गराउनुपर्ने बताउनुभयो । उहाँले बजारमा बिक्नेखालको जनशक्ति उत्पादन हुने विषयको कक्षा सञ्चालन गर्नुपर्ने सुझाव दिनुभयो ।

अर्का सदस्य एवम् ज्ञानज्योति कलेजका संस्थापक अध्यक्ष टीकावहादुर जिसीले कृषि विषयका बारेमा अध्यापन गराउँदा प्रभावकारी हुने बताउनुभयो । त्यसैगरी तुलसीपुर सेन्टर माविका प्रधानाध्यापक भागवत् पौडेलले फुड टेक्नोलोजीको सम्भावना धेरै भएकाले त्यस्तो विषयको अध्यापन गराउनका ध्यान दिनुपर्ने बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिका शिक्षा शाखा प्रमुख भाष्कर गौतमले संकाय र विषय छनौटमा वैज्ञानिकता अपनाउन समेत आग्रह गर्नुभयो ।

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले तुलसीपुरलाई प्राविधिक शिक्षाको केन्द्र बनाउनका लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले मेट्रो कलेज सञ्चालनका लागि उपमहानगरपालिकाले यो आर्थिक वर्षमा १ करोड विनियोजन गरेको समेत जानकारी दिनुभयो ।

छलफल कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १० का वडाध्यक्ष कुमार लामिछाने, वडा नम्बर ११ का वडाध्यक्ष सूर्यबहादुर डाँगी लगायतले आफ्ना धारणा राख्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस