प्रसिद्ध बेलायती वैज्ञानिक स्टेफन हकिङको ७६ बर्षको उमेरमा आज निधन भएको छ ।

भौतिक विज्ञान शास्त्रतर्फ प्रख्यात हकिङको बेलायतको लण्डनस्थित घरमा निधन भएको पारिवारिक श्रोतलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । विश्वप्रसिद्ध ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ पुस्तकका लेखक समेत रहेका हकिङ सापेक्षवादको सिद्धान्त र ब्ल्याक होलका बारेमा विभिन्न नयाँ तथ्य पहिल्याउने प्रखर वैज्ञानिक मानिन्छन् ।

सन् १९४२ मा जन्मिएका हकिङ भौतिक विज्ञानका ज्ञातामात्र नभई क्याम्ब्रिज विश्वविद्यालयमा सैद्धान्तिक ब्रम्हाण्ड विज्ञान केन्द्रका शोध निर्देशक समेत हुनुहुन्थ्यो । सन् १९६३ मा २१ बर्षको उमेरमा मोर्टन न्युरोन रोग लागेको पत्ता लागेपछि उहाँलाई चिकित्सकहरुले २ बर्ष मात्रै बाँच्ने बताएका थिए । तर चिकित्सकीय भनाइलाई चुनौती दिंदै हकिङ आधा शताब्दीभन्दा धेरै बाँच्न सफल हुनुभयो ।

१९५९ मा अक्सफोर्ड विश्वविद्यालयमा नेचुरल साइन्स पढ्ने अवसर पाएसँगै उहाँले क्याम्ब्रिजबाट विद्याबारिधी गर्नुभएको थियो । १९७४ मा उहाँले ब्ल्याक होलसम्बन्धी सिद्धान्त ’हकिङ रेडियसन’ प्रतिपादन गर्नुभएको थियो ।

१९८८ मा प्रकाशित उहाँले लेखेको पुस्तक ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ १ करोडभन्दा बढी प्रति विक्री भइसकेको छ । उहाँको जीवनीमा आधारित भएर सन् २०१४ मा द थेउरी अफ एभ्रीथिङ नामक चलचित्र समेत बनेको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस