घोराही, ३० फागुन । लागुऔषध ब्राउन सुगरसहित घोराहीमा भारतीय नागरिक पक्राउ परेका छन् । घोराही–१५ जेसीज मार्गबाट ४० ग्राम ब्राउनसुगरसहित भारतीय नागरिकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

जेसीज मार्गमा ब्राउन सुगरको कारोवार भइरहेको भन्ने सूचनाको आधारमा कार्यालयबाट खटेको विशेष प्रहरी टोलीले भारत बहराइचका ३४ वर्षीय परवेज आलमलाई फक्राउ गरेको जिल्ला प्रहरी प्रमुख दुर्गा सिंहले जानकारी दिनुभयो ।

उहाँका अनुसार शंकास्पद अवस्थामा फेला पारेका आलमलाई खानतलासी गर्दा दाहिने खुट्टाको मोजामा लुकाइछिपाई राखेको अवस्थामा ४० ग्राम ५ सय ८० मिली ग्राम र खैरो धुलो पदार्थ मात्रको तौल गर्दा ३९ ग्राम ब्राउन सुगर बरामद गरिएको हो ।

पक्राउ परेका आलम बिरुद्ध लागुऔषध मुद्दा शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरी प्रमुख सिंहले जानकारी दिनुभयो ।

 

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस