तुलसीपुर, ३० फागुन । तुलसीपुरमा महिलाहरुको क्षमता अभिबृद्धि एव‌ं आत्मनिर्भर बनाउने उद्देश्यका साथ तीनमहिने कम्प्युटर तथा लाछा डोरी बनाउने तालिम सुरु भएको छ ।

महिला उद्यमी संघ तुलसीपुरको आयोजना एवं तुलसीपुर उपमहानगरपालिका ५ को आर्थिक सहयोगमा पचास बढी महिलाहरुका लागि बुधबारदेखि तुलसीपुरमा तालिम सुरु भएको हो ।

महिला उद्यमी संघकी अध्यक्ष यशोदा पाण्डेको अध्यक्षता एवं वडा अध्यक्ष वीरेन्द्रकुमार शाहको प्रमुख अतिथ्यतामा तालिमको उद्घाटन गरिएको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले महिलाहरुका लागि यस्ता तालिमहरु अति अावश्यक रहेको ‌बताएका थिए । महिलाहरुलाई उद्यमशील एव‌ं आत्मनिर्भर बनाउन यस्ता तालिमहरु महत्त्वपूर्ण हुने वक्ताहरुको धारणा थियो ।

कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष वीरबहादुर रावत, रिर्पोटर्स क्लब दाङका अध्यक्ष शरद रेग्मी, उद्यमी संघका कानूनी सल्लाहकार कुशल तर्ताल, महिला उद्यमीहरु रुपकली कडेल, रुपशिला केसी, लक्ष्मी वली, वाणिज्य संघकी कार्यसमिति सदस्य पवित्रा केसीलगायत ले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको संचालन संघकी सचिव वेनु अधिकारीले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस