तुलसीपुर, ३ चैत्र । सल्यानमा आगलागी हुँदा करीब दुई करोडको क्षति भएको छ । बागचौर नगरपालिका –५ बाङ्गेलाखुरीमा शनिबार दिउँसो भएको आगलागीमा सातवटा पसल र दुईवटा पसल सहितका घर जलेर पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

सल्यानका प्रहरी प्रमुख भरत विकका अनुसार अनुरुप केसी, जंगबहादुर चन्द, रामबहादुर सुनार, खुमबहादुर परीयार, रीता बुढाथोकी, थलबहादुर बस्नेत, गोविन्द बढाथोकी, इन्द्र विक र गोविन्द देवकोटाको पसल जलेर नष्ट भएको छ ।

दिउँसो दुई बजे जंगबहादुर चन्दको पसलबाट सुरु भएको आगोलाई प्रहरी र स्थानीयको सहयोगमा तीन बजे नियन्त्रणमा लिइएको थियो । आगालागीबाट सबैभन्दा बढी फेन्सी, गल्ला, कपडा, सुनचाँदी र नास्ता पसलमा क्षति पुगेको छ ।

एक्कासी आगलागी भएपछि दुई जना पसल धनी बेहोस भएको र उनीहरुको उपचार भइरहेको प्रहरी नायव निरीक्षक राजबहादुर चन्दले जानकारी दिनुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस