घोराही, ८ चैत्र । बिहीबारदेखि सुरू भएको कक्षा १० को एसइई परीक्षामा दाङमा एकसय ८२ परीक्षार्थी अनुपस्थित भएका छन् ।

शिक्षा अधिकारी रमेशप्रसाद मैनालीका अनुसार छात्रा एक सय ११ र छात्र ७१ जना गरी एकसय ८२ जना विद्यार्थी पहिलो दिनको परीक्षा दिन नआएको बताए । बिहीबार ६ हजार १ सय ९४ छात्रा र ५ हजार २ सय ३७ छात्र परीक्षामा उपस्थित रहेको मैनालीले बताए । एसइई परीक्षामा दाङमा ११ हजार ६ सय १० जना परीक्षार्थीले परीक्षाको फाराम भरेका थिए ।

जसमा साधारणतर्फ १० हजार ८ सय ८६ र प्राविधिकतर्फ ३ सय ९७ परीक्षार्थी रहेको उनले बताए । त्यस्तै, एक्जाम्टेडतर्फ ४ सय ९७ परीक्षार्थी रहेका छन् । यसैबीच, दाङमा ३ सय ८५ विद्यार्थी परीक्षा दिनबाट बञ्चित रहने मैनालीले जानकारी दिए ।

साधारणतर्फ ३ सय ७९ र प्राविधिकतर्फ ६ जना विद्यार्थीले परीक्षा दिन नपाएको उनले बताए । उनीहरूले आवश्यक हाजिरी नपुगेको, आवश्यक शुल्क नबुझाएको हुँदा ३ सय ८५ विद्यार्थी परीक्षा दिनबाट बञ्चित भएको मैनालीले जानकारी दिए ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस