काठमाडौँ, ८ चैत्र । विदेशमा रहेका नेपालीहरूका लागि पनि मतदानको अधिकार सुनिश्चित गर्न सर्वोच्च अदालतले सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ । न्यायाधीशद्वय सपना मल्ल प्रधान र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले विदेशमा रहेका नेपालीको हकमा मतदानको कानुनी व्यवस्था गर्न आदेश दिएको हो ।

विदेशमा रहेका नेपालीलाई मतदानको अधिकारबाट वञ्चित गर्न नहुने माग राखी सामाजिक न्यायका लागि कानुन तथा नीति नियम मञ्चले सर्वोच्चमा रिट निवेदन दर्ता गरेको थियो । मञ्चले नागरिक मुलुकबाहिर भए पनि मतदानको अधिकार सुनिश्चित हुनुपर्ने भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, संसद्, परराष्ट्र मन्त्रालय, निर्वाचन आयोगलगायतलाई विपक्षी बनाएको थियो ।
विदेशमा रहेका नेपालीलाई आमनिर्वाचनमा मताधिकारको व्यवस्था गर्न गैर आवासीय नेपालीसम्बन्धी विभिन्न संघसंगठनले माग गर्दै आएका थिए ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस