घोराही, ९ चैत । सामाजिक सञ्जाल फेसबुकमा व्यक्तिगत चरित्र हत्या गर्नेगरी लेखेको भन्दै शुक्रवार पक्राउ परेका घोराहीका पत्रकार सागर थापासहित तीनजनालाई प्रहरीले बेलुका हिरासतमुक्त गरेको छ । हिरासतमुक्त हुनेमा घोराही उपमहानगरपालिका–४ की संगीता खनाल र वडा नं. १० का विष्णुकुमार देवकोटा पनि हुनुहुन्छ ।

घोराही सिमेन्ट उद्योगले वातावरणीय प्रदूषण गरेको विषयमा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीलाई जोडेर विभिन्न अपशब्द प्रयोग गर्ने संगीता खनाल, बोल्न प्रोत्साहित गर्ने विष्णुकुमार देवकोटा र फेसबुकमार्फत सार्वजनिक गर्ने थापालाई दिनभर हिरासतमा राखेपछि व्यक्तिगत चरित्र हत्या गर्ने कार्य आउँदा दिनमा नगर्ने भन्दै माफी मागेपछि बेलुका हिरासतमुक्त गरिएको प्रहरी प्रमुख दुर्गा सिंहले जानकारी दिनुभयो ।

जनप्रतिनिधिकै चरित्र हत्या गर्ने काम भएको भन्दै घोराही उपमहानगरपालिका १५ का बालाराम पौडेलले शनिबार जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिनुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस