घोराही, १० चैत्र । तुलसीपुर उपमहानगरपालिका १५ कोठरीमा निर्माण गरिएको दुर्गामाता मन्दिरको उद्घाटन गरिएको छ । तुलसीपुर उपमहानगरपालिका १४ र १५ का जनप्रतिनीधि र अस्थायी प्रहरी पोष्ट कोठरीको सहयोगमा मन्दिर निर्माण गरिएको हो ।
मन्दिर निर्माणका लागि तीन लाख खर्च भएको अस्थायी प्रहरी पोष्ट कोठरीले जनाएको छ । मन्दिर निर्माणका लागि दुई वडा कार्यालयले एक लाख पचास हजारका दरले आर्थिक सहयोग गरेका थिए ।मन्दिर ब्यबस्थापन समितिले जानकारीमन्दिरको आज जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी दुर्गा सिंहले उद्घाटन गर्नुभएको थियो । मन्दिर निर्माणका लागि तुलसीपुर-१४ का वडाध्यक्ष पर्शुनारायण चौधरी र १५ का वडाध्यक्ष लक्ष्मण चौधरी तथा अस्थायी प्रहरी पोष्ट कोठरीका प्रहरी सहायक निरिक्षक धर्मबहादुर चन्दले मन्दिर निर्माण गर्नुभएको थियो ।
प्रहरी सहायक निरिक्षक चन्दको अध्यक्षतामा तथा प्रहरी प्रमुख सिंहको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै प्रहरी प्रमुख सिंहले प्रहरी र नागरिकको सहकार्यमा शान्ति सुरक्षा कायम गर्न सकिने बताएका थिए । स्थानीय बन्धुलाल चौधरीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण कार्यपालिका सदस्य जानका रेग्मीले गर्नुभएको थियो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस