घोराही, १० चैत्र । घोराही उपमहानगरपालिकाले नयाँ संरचनाअनुसार कार्य सञ्चालन तथा नियमनका लागि कानुन पारित गर्न थालेको छ । हिउँदे दोस्रो नगरसभाको आयोजना गरी उपमहानगरले कानुन पारित गर्न थालेको हो ।
आज उद्घाटन गरिएको नगरसभामा नगर प्रमुख नरुलाल चौधरीले ७ वटा कानुन र नियमावली पारित गर्ने जानकारी दिनुभएको छ ।
नगरसभाले आर्थिक कार्यबिधी नियमित तथा व्यवस्थित गर्न बनेको ऐन, सहकारी ऐन, शिक्षा ऐन, कृषि व्यवसाय प्रर्बद्धन ऐन, न्यायीक समितिको कार्यबिधी सम्बन्धि ऐन र एफएम रेडियो सञ्चालन तथा व्यवस्थापन ऐनलाई पारित गर्ने छ ।
साथै अहिले सम्म २६ वटा कार्यपालिकाको बैठक बसेको र ११ वटा कार्यबिधी निर्माण र २ वटा नियमावली बनाईएको उहाँले जानकारी दिनुभयो । त्यसैगरी, नगरसभाबाट शिक्षा नियमावली समेत पारित गर्ने कार्यक्रम रहेको नगर प्रमुख चौधरीले जानकारी दिनुभयो ।
नगर प्रमुख चौधरीले नगरको बिकासका लागि भएका सबै गतिबिधीहरुलाई केही दिनमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने समेत बताउनुभयो । उपमहानगरका उपप्रमुख सीता न्यौपानेको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसीले गर्नुभएको थियो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस