४ जना अष्ट्रेलिया पठाउन सफल

घोराही, ११ चैत्र । छोराछोरीको उज्वल भविष्य चाहने कुन चाहिँ आमा–बुवाको मन हुँदैन होला र ? अनि आफ्नो छोराछोरीलाई राम्रोे शिक्षा दिएर असल मानिस बनाउने बुवा आमाको कर्तव्य पनि हो । आमा बुबा तिनै छोराछोरीलाई अन्तर्राष्ट्रियस्तरको शिक्षा दिने सोच हुँदाहुँदै पनि कतिपय कुराहरु थाहा नहुँदा समय त्यसै खेर गइरहेको हुन्छ ।

तपाँईले आफ्ना छोराछोरीलाई अष्ट्रेलियामा पढाउने सोच्नु भएको छ तर कहाँ कसरी जाने भन्ने थाहा नपाँउदा हैरानी पनि खेप्नु परेको छ होला अनि तपाँइलाई रकम पनि धेरै खर्चनुपर्ने बाध्यता छ । अन्तर्राष्ट्रियस्तरको शिक्षा पढ्न आएलट्स पढ्नुपर्छ, आएलट्स पढ्नकै लागि काठमाडौँमा धेरै पैसा खर्चनु परिरहेको पनि छ तर अब कुनै चिन्ता लिनु पर्दैन । समयको पनि बचत, रकमको पनि बचत ।

अष्ट्रेलियामा पढ्न जान चाहने विद्यार्थीका लागि दाङको घोराहीको तुलसीपुर चोक नजिकै रहेको मनटावरमा रहेको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसले अष्ट्रेलिया पढ्न जाने विद्यार्थी तथा अभिभावकको छोटो समयमै मन जित्न सफल भएको छ । अष्ट्रेलियामा उच्च शिक्षा हासिल गर्न तथा राम्रो आम्दानी हुने भन्दै धेरै विद्यार्थी जाने गरेका छन् । घोराहीमा रहेको एक्सपर्ट एजुकेशनले अहिले सम्म ४ जनालाई अष्ट्रेलिया पठाउन सफल भएको छ ।

नेपालका १६ स्थानमा शाखा रहेको एक्सपर्ट एजुकेशन एण्ड सर्भिसले दाङ शाखाबाट २ जना विद्यार्थी र अन्य २ जनालाई भिजिट भिसामा अष्ट्रेलिया पठाउन सफल भएको हो । अष्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको एक्सपर्ट एजुकेशनले घोराहीमा पनि शाखा स्थापना गरेको छ । एक्सपर्टको दाङसहित नेपालभर १६ वटा शाखा रहेको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिस दाङ शाखाका निर्देशक सुनिलराज राजभण्डारीले बताए ।

उनले भने ‘घोराहीमा एक्पर्टले शाखा स्थापना गरेपछि दाङलगायत आसपासका विद्यार्थीले काठमाडौँ जानुपर्ने बाध्यता हटेको छ, विद्यार्थीलाई समयसँगै रकमको समेत बचत भएको छ ।’ अष्ट्रेलिया जानको लागि आइएलट्स पास गनुपर्छ र त्यसैका लागि पनि काठमाडौँ जाँदा न्युनतम पनि बसाईखर्च, पढाई खर्च, आउने जाने भाडा लगायतका कारण ८० हजार भन्दा बढी खर्च हुन्छ तर दाङमा एक्सपर्ट स्थापना भएपछि ७ हजारमा काम भइरहेको छ उनको भनाइ छ ।

एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसले अष्ट्रेलियामा सिड्नीलगायत ८ स्थानमा नेपाली विद्यार्थी तथा अन्य अष्ट्रेलियमा जान चाहनेलाई सेवा दिइरहेको छ । एक्सपर्टको अष्ट्रेलियालगायत भारतमा ३ स्थान, बंगलादेश, अफ्रिकाको नाइजेरियामा शाखा कार्यालय स्थापना गरेको छ । अष्ट्रेलिया पढ्न जाने विद्यार्थीलाइ एक्सपर्टले ८ भन्दा बढी निःशुल्क सेवा दिँदै आएकोले पनि विद्यार्थी तथा अभिभावकको एक्सपर्टप्रतिको विश्वास बढ्दै गएको निर्देशक राजभण्डारीले बताए ।

एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिस घोराहीले स्थापना भएको ४ महिनामा २ जना विद्यार्थी र २ जना अन्य अष्ट्रेलिया पठाउन सफल भएको उनको भनाइ छ । ‘अब अन्य विद्यार्थीको पनि भिजा अप्लाई गर्ने तयारी रहेको गरेका छौँ’ उनले भने ।

उनले अष्ट्रेलिया पढ्न जाने विद्यार्थीलाई कुनै समस्या नहुने भन्दै एक्पर्टले निःशुल्क रुपमा ८ भन्दा बढी सेवा उपलब्ध गराउँदै आएको बताए । घोराहीमा रहेको एक्सपर्ट एजुकेशनमा अहिले करिब ४० जना विद्यार्थी आएलट्स पढ्दै आएका छन् ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस