दाङ, १९ चैत । जिल्ला समन्वय समितिको नेतृत्वमा गएको अनुगमन टोलीले घोराही उपमहानगरपालिका ४ को पालुधान र रानीदमारवाट अवैध रुपमा ढुङ्गा निकासी गरिरहेका एउटा एस्काभेटरसहित १० वटा ट्रेक्टरलाई नियन्त्रणमा लिएको छ ।

प्रक्राउ गरेका टेक्ट्रर जिल्ला समन्वय समितिको मञ्च प्राङ्गणमा राखिएको छ । नियन्त्रणमा लिएका एस्काभेटर र ट्रेक्टरलाई कानूनी कारवाही अघि बढाएको जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले बताए । सो क्षेत्रमा ठेकदार वसन्त कुवँरले अवैधरुपमा ढुङ्गा निकासी गर्ने गरेको स्थानीयले बताएका छन् । अवैधरुपमा गरेको ढुङ्गा उत्खनन्‌ले गाउँमा जाने सडक समेत भत्किएको छ । खोला समेत खण्डहर भएको छ ।

प्रमुख जिल्ला अधिकारी तथा जिल्ला अनुगमन समतिका संयोजक गजेन्द्रबहादुर श्रेष्ठका अनुसार त्यस क्षेत्रबाट अ‍ैवधानिक रुपमा ढुङ्गा उत्खनन् र चोरी भएको बताए । ‘खोलाबाट अवैधानिक रुपमा ढुङ्गा उत्खनन् र चोरी भएको अनुगमनमा फेला परेको छ’ प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भने ‘आवश्यक कानुनी कारवाही हुन्छ ।’अनुगमनमा जिल्ला समन्वय समितिका प्रमुख नेपाली, प्रमुख जिल्ला अधिकारी श्रेष्ठ, जिल्ला समन्वय समितिका उपप्रमुख श्रीधर शर्मा पौडेल, जिल्ला समन्वय समितिका निमित्त समन्वय अधिकारी सहदेवहादुर भण्डारी र जिल्ला प्रहरी प्रमुख दुर्गा सिंह र अन्य सुरक्षा निकायका प्रतिनिधिको पनि सहभागिता थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस