तुलसीपुर, १९ चैत । यही चैत २१ गतेबाट हुने तुलसीपुर उपमहानगरपालिकाको दोस्रो नगर अधिवेशनलाई मुख्यमन्त्री शंकर पोख्रेलले विशेष सम्बोधन गर्नुहुने भएको छ । तुलसीपुर उपमहानगरपालिकाको कार्यपालिकाको आज बसेको बैठकले नगर अधिवेशनमा मुख्यमन्त्रीलाई आमन्त्रण गर्ने निर्णय गरेको हो ।

तुलसीपुर उपमहानगरपालिकाका प्रवक्ता सुर्यवहादुर डाँगीका अनुसार अधिवेशनमा निर्वाचित संघ र प्रदेशका सभासद, राजनीतिक दलका प्रमुख, तुलसीपुर र विजौरी उद्योग वाणिज्य संघका अध्यक्ष र पत्रकारहरुलाई पर्यवेक्षकका रुपमा सहभागी गराइने छ ।

अधिवेशनमा उत्कृष्ट जनमुखी काम गर्ने वडाका अध्यक्षहरुलाई सम्मान गरिने पनि बैठकले निर्णय गरेको छ । यसैगरी पूर्व गृहमन्त्री एवम् नेपाली काँग्रेसका नेता खुमबहादुर खड्काको निधनप्रति पनि बैठकले शोक प्रस्ताव पारित गरेको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस