घोराही, २० चैत । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले माहुरी पालक किसानहरुलाई महको स्रोतमा विषेश ध्यान दिन आग्रह गर्नुभएको छ । अम्बिकेश्वरी माहुरीपालन सहकारी संस्था घोराही १५ ले आज माहुरी पालक किसानहरुसँग आयोजना गरेको छलफल कार्यक्रममा नगर प्रमुख चौधरीले महको स्रोतमा लगानी गर्न किसानहरुलाई आग्रह गर्नुभएको हो ।
माहुरी पालनका लागि घोराही उपमहानगरका विभिन्न वस्तीहरु हावापानीका कारणले उत्तम रहे पनि त्यसको स्रोतमा भने ध्यान नगएको बताउनुभयो । माहुरीले मह जुटाउनका लागि आवश्यक पर्ने विभिन्न वनस्पतिका फूलहरुको स्रोत बढाउनतर्फ किसानहरुलाई नगर प्रमुख चौधरीले आग्रह गर्नुभएको हो ।
माहुरीका घारहरु मात्रै वृद्धि गरेर मह उत्पादन नहुने भन्दै उहाँले महको रस सङ्कलन हुने बिरुवाहरुको रोपण र संरक्षणमा ध्यान दिन सुझाव दिनुभयो । दाङको महलाई विदेश सम्म पुर्‍याउने गरी गुणस्तरीय मह उत्पादन गर्दै स्रोतको पहिचानमा जुट्न उहाँको आग्रह छ ।
घोराही उपमहानगरपालिका क्षेत्रलाई माहुरीको हब बनाउन आवश्यक सहयोग उपमहानगरपालिकाले गर्ने भन्दै उहाँले गुणस्तरी मह उत्पादनमा विशेष ध्यान दिन सुझाव दिनुभयो । सहकारीका अध्यक्ष मीनराज घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर १५ का अध्यक्ष रमेशकुमार पाण्डेय, माहुरीपालक महासंघका अध्यक्ष विष्णुप्रसाद श्रेष्ठ लगायतले मह उत्पादनमा गुणस्तरीयता ल्याउँदै हब बनाउने गरी अघि बढ्ने बताउनुभयो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस