घोराही, २५ चैत । दाङको पहाडी गाउँपालिका बङ्गलाचुलीमा आजदेखि बङ्गलाचुली कप क्रिकेट प्रतियोगिता सुरु भएको छ । काभ्रे युवा क्लब तथा रोयल तपाली युवा क्लबको आयोजनामा प्रतियोगिता सुरु भएको हो ।
नववर्ष २०७५ को उपलक्ष्यमा बङ्गलाचुली गाउँपालिका ३ कमिरेचौरमा कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक हिमाल महराले जानकारी दिनुभएको छ । प्रतियोगितामा साविक सौंडियार गाविस, डुरुवा, अठ्ठाइसे र बङ्गलाचुली गाँउपालिका गरी ८ ओटा टिम सहभागी भएका छन् ।क्लबका अध्यक्ष तेजप्रसाद पौडेलको अध्यक्षता एवं दाङ क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाँको प्रमुख आतिथ्यतामा प्रतियोगिताको उद्घाटन गरिएको छ । प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार १ सय ११, द्धितीय हुनेलाई १० हजार १ सय ११  रुपैयाँसहित मेडल र प्रमाण पत्र प्रदान गरिने भएको छ ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस