घोराही, २६ चैत । मानवअधिकार निगरानी समूहले घोराही उपमहानगरपालिकालाई विभिन्न पाँच बुदे ज्ञापनपत्र बुझाएको छ । साविक लक्ष्मीपुर र सौडियारका मानवअधिकार निगरानी समूह तथा जिल्लास्तरीय मानवअधिकार निगरानी समुहका प्रतिनिधिहरु सम्मिलित एक टोलीले उपमहानगरपालिकाकी उपप्रमुख सीता न्यौपानेलाई ज्ञापनपत्र बुझाएको हो ।ज्ञापन पत्रमा सौडियार र लक्ष्मीपुरमा माटो परिक्षण छिटो गरिनुपर्ने, जैविक विषादी निर्माण तथा प्रयोगसम्वन्धि अभिमुखिकरण गरिनुपर्ने, कृषक समुहलाई आधुनिक कृषि औजार अनुदान सहयोगमा उपलव्ध गराउनुपर्नेलगायतका माग उल्लेख गरिएको थियो । ज्ञापनपत्र बुझदै उपप्रमुख न्यौपानेले कृषकहरुका समस्या समाधान गर्न र आवस्यक कार्यक्रम उपलव्ध गराउने प्रतिवद्धता जनाउनुभयो । उहाँले यसवर्ष माटो परिक्षण, कृषि ५० प्रतिशत अनुदानमा आधुनिक कृषि औजार उपलव्ध गराउने बताउनुभयो ।ज्ञापनपत्र बुझाउन मानवअधिकार निगरानी समूह लक्ष्मीपुरकी अध्यक्ष खिमा अधिकारी, सचिव पार्वता सुबेदी, मानवअधिकार निगरानी समुह सौडियारका उपाध्यक्ष लौटन चौधरी, सचिव रामदीपक चौधरी, इन्सेक जिल्ला प्रतिनिधि जे.एन.सागर, जिल्ला सहजकर्ता शालिकराम मुसाफिरलगायतको टोली गएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस