घोराही, २७ चैत । नेपाली काँग्रेसका प्रभावशाली नेता एवं पूर्वमन्त्री खुमबहादुर खड्काको १३औं दिनको पुण्यतिथिमा काँग्रेस दाङले सतवरियामा श्रद्धाञ्जली सभा गर्ने भएको छ ।

काँग्रेस दाङको आयोजनामा बुधवार सतवरियाको गोझेनामा हुने कार्यक्रमका लागि काँग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्री सशांक कोइराला, नेता शेखर कोइरालालगायत नेताहरु आउने जिल्ला सभापति कीर्तिबहादुर खड्काले जानकारी दिनुभयो ।

वुधवार विहान साढे ११ बजेदेखि सुरु हुने श्रद्धाञ्जली कार्यक्रममा उपस्थितिका लागि उहाँले नेपाली काँग्रेसका नेता, कार्यकर्ता एवं भातृ संघ संगठन, शुभेच्छुक संघसंस्थालगायत सम्पूर्णमा अनुरोध गर्नुभएको छ ।

खड्काको अस्तु बबईमा
नेता खुमबहादुर खड्काको अस्तु बबई नदीमा सेलाइएको छ । मंगलबार नेपाली काँग्रेस दाङले धर्ना धारापानीस्थित बबई नदीमा पुगेर अस्तु सेलाएको हो । काँग्रेसका नेता कार्यकर्ताहरुको उपस्थितिमा काठमाडौँबाट ल्याइएको अस्तु सेलाइएको थियो । खड्काको १२ दिनको पुण्यतिथिमा अस्तु सेलाइएको काँग्रेसका जिल्ला सचिव शंकरप्रसाद डाँगीले जानकारी दिनुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस