तुलसीपुर, २७ चैत्र । तुलसीपुर उपमहानगरपालिकाको एकीकृत सहरी विकास योजना निर्माण गरिएको छ । २५ वर्षका लागि निर्माण गरिएको योजनाका बारेमा तुलसीपुरमा छलफल गरिएको छ ।

नगरको एकीकृत विकासका साथै बृहत् योजना निर्माणका लागि तयार पारिएको योजनाका बारेमा छलफल गरिएको थियो । तुलसीपुर उपमहानगरपालिकाको बृहत् विकासका लागि कस्तो योजना बनाउन सकिन्छ भन्ने बारेमा छलफल गरिएको तुलसीपुर उपमहानगरपालिकाका प्रेस संयोजक वसन्त विवश आचार्यले जानकारी दिएका छन् ।तुलसीपुर उपमहानगरपालिकाको आयोजना र एकीकृत सहरी विकास योजनाको परार्शमा कार्यक्रम भएको थियो । तुलसीपुर उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख देवराज विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाको १९ वटै वडाको वस्तुस्थिति र भविष्यको रणनीतिक योजनामा अध्ययन गरिसकिएको पहिलो स्थलगत रिपोर्ट प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रशासकीय अधिकृत टोपेन्द्र बहादुर केसीले नगरलाई समृद्ध बनाउनका लागि वृहत योजनाको खाँचो रहेको बताएका थिए । दीर्घकालिन विकासका लागि रणनितीक तवरले अगाडि बढ्नुपर्ने आवश्यकता रहेको कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका थिए ।

कार्यक्रममा उपमहानगरका बिपद् व्यवस्थापन तथा वातावरण शाखाको संयोजक नवराज लामिछाने, उपमहानगरका इन्जिनियर पवन योगी, एकीकृत शहरी विकास योजनाका योजनाकार सरोज पौडेल, सिभिल इन्जिनियर दिवस पौडेल र आइटि विशेषज्ञ नविन थापा लगायतले बोलेका थिए ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस