घोराही, २७ चैत । दाङको भालुबाङमा राप्ती सेवा पोलिक्लिनिक खुल्ने भएको छ । चौबीसै घण्टा उपचार सेवा दिने उद्देश्यले राप्ती गाउँपालिका १ पुल्चोक भालुबाङमा पोलिक्लिनिक खुल्न लागेको हो ।
करिब ५० लाख रुपैयाँको लगानीमा पोलिक्लिनिक खुल्न लागेको सञ्चालिका सरिता खड्काले जानकारी दिनुभएको छ । चौबिसै घण्टा बिषेशज्ञ सहितको उपचार सेवा, इमरजेन्सी, फार्मेसी, अत्याधुनिक प्रयोगशाला, थाईराईड जाँच, भिडियो एक्सरे सहितको सेवा दिने उहाँले जानकारी दिनुभएको छ ।
डाक्टर पुष्प भुसाल सहितको चिकित्सकको टीम पोलिक्लीनिकमा उपचारका लागि रहने पनि बताईएको छ । आगामी बैशाख २ गते पोलिक्लिनिकको उदघाटन गरिने सञ्चालिक खड्काले जानकारी दिनुभयो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस