दाङ, चैत्र २९ । त्रिभुवननगर जेसिजले जेसिज सप्ताह मनाउने भएको छ । बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी नयाँ वर्षको अवसरमा १ गतेदेखि विभिन्न कार्यक्रमहरु गरी सप्ताह मनाउने कार्यक्रम तय भएको जानकारी दिइएको थियो ।

पहिलो दिन बैशाख १ गते प्रभातफेरि तथा शुभकामना आदानप्रदान कार्यक्रम रहेको र सो कार्यक्रमको संयोजक बसन्तराज अधिकारी रहेको सप्ताह संयोजक मीनराज भाटले बताउनुभयो । दोस्रो दिन २ गते नवीन अभिलाषी संयोजक रहेको रक्तदान कार्यक्रम, ३ गते पत्रकार र जेसिजबीच मैत्रीपूर्ण फुटवल प्रतियोगिता रहेको र त्यस कार्यक्रमको संयोजक युवराज पन्त रहनुभएको छ ।

४ गते श्यामकुमार गिरीको संयोजकत्वमा लागुऔषध दुर्व्यसनविरुद्ध सचेतनामूलक कार्यक्रम, ५ गते निमेन्द्र रावतको संयोजकत्वमा मौलाकोटमा स्वास्थ्य शिविर तथा शैक्षिक सामग्री वितरण, ६ गते प्रदीप सुवेदीको संयोजकत्वमा अर्जुनखोलामा जोसिजबोर्ड स्थापना गर्ने कार्यक्रम रहेको छ भने अन्तिम दिन ८ गते योगेश पन्तको संयोजकत्वमा साहित्यिक वनभोजको कार्यक्रम रामपुरको भोटे दहमा राखिएको सप्ताह संयोजक भाटले बताउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले जेसिजले युवाहरुको नेतृत्व र ब्यक्तित्वको विकास मात्रै नगरी सामाजिक विकासका कार्यक्रमहरुमा समेत साझेदारी गरीरहेको भन्दै खुशी ब्यक्त गर्नुभयो ।

त्रिभुवननगर जेसिजका अध्यक्ष लालमणि भण्डारीको अध्यक्षतामा  भएको कार्यक्रममा जेसिजका कार्यकारिणी उपाध्यक्ष तथा जेसिज सप्ताहका संयोजक मिनराज भाटले सप्ताहव्यापी कार्यक्रमको बारेमा जानकारी दिनुभएको थियो ।  युवराज पन्तले आस्थापाठ गराउनुभएको पत्रकार सम्मेलनको सहजीकरण महासचिव बुद्धिप्रकाश शर्माले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस