घोराही, १ वैशाख । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले नयाँवर्ष २०७५ सालको अवसरमा नगरवासी सबैलाई शुभकामना व्यक्त गर्नुभएको छ । नगर प्रमुख चौधरीले शुभकामना सन्देश जारी गर्दै नयाँवर्षको अबसरमा सम्पूर्ण घोराही उपमहानगरवासीहरुको सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ ।
नयाँवर्षमा नगरवासीमा छाएको उमङ्ग, उत्साहले घोराही उपमहानगरलाई समृद्ध नगर बनाउन सकारात्मक भूमिका खेल्ने अपेक्षा नगर प्रमुख चौधरीले गर्नुभएको छ । घोराही उपमहानगरलाई समृद्ध नगर बनाउन नगरबासीको साथ र सहयोगको अपेक्षा समेत गर्नुभएको छ ।
नयाँवर्षलाई नयाँ सोचको सुरुवातका रुपमा लिँदै नगरको चौतर्फी विकासमा नागरिकको सहभागिता अनिवार्य हुने समेत सन्देशमा उल्लेख छ । आर्थिक, सामाजिक, भौतिक र सांस्कृतिक विकासका लागि अबको सोच केन्द्रित हुनुपर्ने भन्दै उहाँले आफ्नो नगर आफै बनाऔँ अभियानमा जुट्न समेत नगरबासीलाई अपिल गर्नुभएको छ ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस