घोराही, १ वैशाख । दाङमा भएका विभिन्न घटनामा परी चारजनाको मृत्यु भएको छ । दुईजनाको गाडीको ठक्करबाट र २ जनाको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
घोराही उपमहानगरपालिका १४ नयाँ बसपार्क जाने ओरालोमा लु २ त ९३१२ नम्बरको ट्यांकरले रा २ प ४४९२ नम्बरको स्कुटीलाई ठक्कर दिदा घोराही १३ निबासी २६ वर्षीय प्रेम रोकाको मृत्यु भएको हो ।
उता देउखुरीको राप्ती गाउँपालिका ४ श्रीनारायण चोकमा को २ च ७५१ नम्बरको जीपको ठक्करबाट सोही ठाउँका ६ वर्षीय सुदन नेपालीको मृत्यु भएको छ ।
यसैगरी, देउखुरीमा पानीमा डुबेर दुईजनाको मृत्यु भएको छ । राजपुर गाउँपालिका ६ गम्दीखोलामा डुबेर ५ वर्षीया नैना भण्डारीको मृत्यु भएको छ । खेल्ने क्रममा बालिका डुबेको बताइएको छ ।
उता, गढवा गाउँपालिका वडा नम्बर ६ मठुराखोलामा डुबेर १० वर्षीय अभिशेष यादवको मृत्यु भएको छ । खोलामा नुहाउने क्रममा यादब डुबेका थिए ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस