दाङ, बैशाख २ । प्रत्येक वर्ष जस्तै यो वर्ष पनि त्रिभुवननगर जेसिज घोराहीले सप्ताहब्यापी कार्यक्रम सुरु गरेको छ । जेसिजले वर्षकोपहिलो दिन देखि एक साता सम्म विभिन्न कार्यक्रमहरु गरेर सामाजिक सेवा तथा परिवर्तनका लागि काम गर्दै आएको छ । यस वर्ष पनि विभिन्न कार्यक्रमहरु सहित बैशाख १ गते देखि जेसिज सप्ताह सुरु भएको हो ।सप्ताहको पहिलो दिन प्रभातफेरी, सप्ताहब्यापी कार्यक्रमको उद्घाटन र नयाँ वर्षको अबसरमा शुभकामना आदानप्रदान कार्यक्रम भएको छ । मोटरसाईकलमा सहभागी भएका युवाहरुले बजार परिक्रमा गरेका थिए । सचिबालयबाट सुरु भएको प्रभातफेरी तुलसीपुर चौक हुदै दामोदर चौक, पार्क, सैनिक ब्यारेक, नयाँ बजार, ट्राफिक चौक, भरतपुर रोड, भिंग्रेली चौकबाट घुमेर फेरि सचिबालयमा आईपुगेको थियो ।साथै शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै विभिन्न क्षेत्रका ब्यक्तिहरुले सामाजिक विकास र परिवर्तनका लागि युवाहरुको भुमिका महत्वपुुर्ण रहेको बताएका थिए । त्रिभुवननगर जेसिजका अध्यक्ष लालमणि भण्डारीका अध्यक्षता तथा पुर्वसांसद राजु खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रम संयोजक बसन्तराज अधिकारीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिब बुद्धिप्रकाश शर्माले गर्नुभएको थियो भने सप्ताह ब्यापी कार्यक्रमको बारेमा मुल कार्यक्रम संयोजक मिनराज भाटले जानकारी दिनुभएको थियो ।

सप्ताहब्यापी कार्यक्रमको दोस्रो दिन रक्तदान कार्यक्रम भएको छ । विभिन्न क्षेत्रका २१ जना ब्यक्तिहरुले रक्तदान गरेका थिए । अध्यक्ष लालमणि भण्डारीको अध्यक्षता तथा नेपाल रेडक्रस सोसाईटी घोराही शाखाका सभापति थम्मन चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । ब्लड बैंक घोराहीको प्राविधिक सहयोगमा भएको कार्यक्रममा कार्यक्रम संयोजक नवीन अभिलाषीले स्वागत मन्तब्य राख्नुभएको थियो

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस