घोराही, २ वैशाख । दाङको समग्र विकासका लागि साझा धारणा बनाउन घोराहीमा यही बैशाख ४ गते बृहत अन्तरक्रिया कार्यक्रम हुने भएको छ । जिल्ला समन्वय समिति दाङको आयोजनामा जिल्लाको समग्र क्षेत्रको विकासका लागि दाङ जिल्लाको समृद्धिको लागि दूरदर्शी योजना विषयका बृहत् अन्तरक्रिया कार्यक्रम हुने भएको हो ।
जिल्ला समन्वय समितिले आज आफ्नै कार्यकक्षमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी बैशाख ४ गते बिहान ७ बजेदेखि घोराहीमा टी थ्री पार्टी प्यालेसमा कार्यक्रमको आयोजना गरिएको जानकारी दिएको छ ।
उक्त कार्यक्रममा संघीय संंसदका सभामुख एवं दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महरा, ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल, संघीय र राष्ट्रिय सभामा दाङबाट प्रतिनिधित्व गर्ने प्रत्यक्ष र समानुपातिक सांसद, प्रदेशका सांसद, जिल्लाका दशवटै स्थानीय सरकारका प्रमुख उपप्रमुख र राष्ट्रिय राजनितिक दलका पदाधिकारीहरुसहित जिल्लाका अन्य सरोकारवाला निकायहरुका प्रतिनिधिहरु गरी करीब १ सय जना व्यक्तिहरु सहभागी हुने समितिका प्रमुख जितेन्द्रमान नेपालीले जानकारी दिनुभयो ।
त्यसैगरी कार्यक्रममा धरणिकुमार शर्मा, रमेशकुमार अधिकारी र इन्जिनियर अनन्तराज घिमिरेले दाङको समृद्धिका लागि अवधारणा पत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । आउँदै गरेको नयाँ आर्थिक वर्षको पूर्व सन्ध्यामा गर्न थालिएको अन्तरक्रियाले आगामी दिनका अावश्यक विकासका पूर्वाधारहरुको समेत पहिचान गर्ने अपेक्षा गरिएको छ ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस