घोराही, ४ वैशाख । प्रेस चौतारी दाङको अध्यक्षमा जेएन सागर निर्वाचित हुनुभएको छ । चौतारीको गत चैत्र ३० गते उद्घाटन भएको आठौँ अधिवेशनको बन्द सत्रले जेएन सागरको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

चौतारीको उपाध्यक्षमा इन्द्रविवस डिसी, सचिवमा प्रेमबहादुर राम्जा, सहसचिवमा सुधासुमन ढकाल र कोषाध्यक्षमा दशरथ घिमिरे निर्वाचित हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा किरण गौतम, रमा पोख्रेल, शिव घर्ती, वसन्त परियार, बालकृष्ण पाण्डे, माधव कँडेल, शिवराज पन्थी, दिप्तीशिखा चौधरी, नगेन्द्र चौधरी र विमला घर्तीलाई चयन गरिएको छ ।

निर्वाचन मण्डलका अध्यक्ष एवं प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष सविन प्रियासनको अध्यक्षता एवं नेकपा एमालेका उपसचिव सुरामणि बेल्बासेको प्रमुख आतिथ्यतामा सोमबार नयाँ कार्यसमितिको नामावली सार्वजनिक गरिएको हो ।

कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष जेएन सागरले चौतारीलाई संगठानात्मकरुपमा बलियो र पत्रकारहरुको दक्षता अभिवृद्धिमा प्रतिबद्ध भएर लाग्ने बताउनुभयो ।

कार्यक्रममा एमालेका प्रचार विभाग प्रमुख शरद अधिकारी, निवर्तमान उपाध्यक्ष संगीत बस्यालले नयाँ कार्यसमितिलाई बधाई दिदै पत्रकारहरुको क्षमता अभिवृद्धीसँगै संगठनलाई बलियो बनाउने काममा खट्न आग्रह गर्नुभयो । कार्यक्रमको सहजीकरण अध्यक्ष मण्डलका सदस्य दुर्गालाल केसीले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस