घोराही, ४ वैशाख । घोराही बजार क्षेत्रमा रहेका भुस्याह कुकुरहरुको बन्ध्याकरण गरिएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १४ को आर्थिक सहयोगमा बजार क्षेत्रमा रहेका ६५ वटा भुस्याह कुकुरहरुको बन्ध्याकरण गरिएको हो ।

भुस्याह कुकुर बन्ध्याकरण तथा नियन्त्रण समितिले बजार क्षेत्रमा रहेका भुस्याह कुकुरहरुको पशु सेवा कार्यालयको प्राविधिक सहयोगमा बन्ध्याकरण गरेको हो । भुस्याह कुकुर बन्ध्याकरण, नियन्त्रण तथा व्यवस्थापनका लागि वडा कार्यालयले २ लाख रुपैयाँ विनियोजन गरेको थियो ।

भुस्याह कुकुरहरुको संख्या नियन्त्रणका लागि बन्ध्याकरण गर्ने योजनाअनुसार काम गरिएको समितिका संयोजक अनिलराज सेर्पाइलीले जानकारी दिनुभयो । ६५ कुकुरमध्ये ९ वटा घरमा पालिएको कुकुरको बन्ध्याकरण गरिएको हो ।

पशु सेवा कार्यालयका प्रमुख डा. चन्द्रबहादुर राना, गोविन्द नेपालीसहितका कर्मचारीहरुले कुकुरको बन्ध्याकरण गर्नुभएको छ । बजारभरी घुमन्ते अवस्थामा देखिने कुकुरहरुले मानिसहरुलाई त्रसित बनाउँदै गएपछि उनीहरुको संख्या नियन्त्रण गर्न बन्ध्याकरण थालिएको हो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस