दाङ, ४ वैशाख । नेपाल पत्रकार महासंघको प्रदेस निर्वाचन नजिकिँदै गर्दा प्रमुख तीन दल निकटका पत्रकार संगठनले प्रदेस कार्यसमितिमा भागवण्डा गरेका छन् । यही वैशाख २२ गते हुन लागेको अधिवेशनको लागि आज तीनवटै संगठनहरुले आपसमा पद भागबण्डा गरेका हुन् ।

मंगलबार गरिएको सहमतिअनुसार सातवटा भौगोलिक प्रदेश, उपत्यका, प्रतिष्ठान र एसोसिएट गरी १० प्रदेश कार्यसमितिमा नेकपा एमाले निकट प्रेस चौतारीले ५ वटाको अध्यक्ष पद पाएको छ । त्यसै माओवादी निकट प्रेस सेन्टरले ३ र नेपाली काँग्रेस निकट प्रेस युनियनले २ वटा प्रदेशको अध्यक्ष पाउने भएको छ ।

भागबण्डाअनुसार प्रेस चौतारीले प्रदेस १, प्रदेस ३, कर्णाली प्रदेस, प्रदेस ७ र प्रतिष्ठान प्रेस सेन्टरले प्रदेस ४, प्रदेस ५ र उपत्यकाको नेतृत्व पाएको छ भने प्रेस युनियनले प्रदेस २ र एसोसिएटको अध्यक्ष पद पाएको छ । महासचिवमा भने प्रेस सेन्टरले ४ वटा प्राप्त गर्न सफल भएको छ । त्यस्तै प्रेस चौतारी र प्रेस युनियनको भागमा ३/३ वटा प्रदेस परेका छन् ।

प्रदेस कार्यसमितिमा अध्यक्ष, उपाध्यक्ष, उपाध्यक्ष (महिला) महासचिव, सचिव, सचिव (समावेशी) र कोषाध्यक्ष गरी ७ जना पदाधिकारी रहने व्यवस्था छ । त्यस्तै सदस्यतर्फ ५ जना खुला, ३ जना महिला, १ जना दलित, २ जना आदिवासी जनजाति, २ जना मधेसी र १ जना अल्पसंख्यकबाट रहने व्यवस्था गरिएको छ ।

यो सहमतिसँगै स्वतन्त्र रुपमा पत्रकारिता गर्दै आएका र साना दल निकट पत्रकारसंगठनहरु नेतृत्वमा पुग्ने अवस्था सकिएको छ । तीन ठुला स‌ंगठनहरुले पदाधिकारी मात्र नभएर सदस्यमा समेत भागबण्डा गरेका छन् । निर्वाचनका लागि मनोनयन दर्ता गर्ने मिति यही वैशाख ७ गते तोकिएको छ ।

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, प्रेस सेन्टर नेपालका अध्यक्ष महेश्वर दाहालले आजैका मितिदेखि लागु हुनेगरी आआफ्नो मातहतका समितिहरुलाई निर्देशन गर्ने निर्णयसहित सहमतिपत्रमा हस्ताक्षर गरेका छन्  ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस