लक्ष्मी केसी
दाङ, ५ वैशाख । त्रिभुवननगर जेसिजको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आज पाँचौ दिन घोराही उपमहानगरपालिका–१३ मौलाकोटमा निःशुल्क स्वास्थ्य शिविर तथा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ ।

बजार क्षेत्रबाट नजिक भएर पनि आधारभूत सेवा सुविधाबाट वञ्चित भएको गाउँलाई दिगो विकासको मुलधारमा ल्याउन र ग्रामीण वस्तीको जीवनस्तर उकास्न मौलाकोटलाई जेसिज ग्राम बनाउने तयारी गरिएको जेसिजका अध्यक्ष लालमणि भण्डारीले बताउनुभयो । मौलाकोटमा विभिन्न सेवा सुविधा थपेर पर्यटकीय गाउँका रुपमा विकास गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।कार्यक्रममा ४३ जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको थियो भने ३१ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । स्वास्थ्य परीक्षण गरिएका अधिकांशमा ग्याष्ट्रिकको समस्या देखिएको स्वास्थ्य जाँचमा संलग्न राप्ती उपक्षेत्रीय अस्पताल घोराहीका डाक्टर प्रभात शर्माले जानकारी दिनुभयो । कार्यक्रममा डाक्टर शर्मा र स्वास्थ्यकर्मी श्यामकुमार गिरीले स्वास्थ्य परीक्षण गर्नुभएको थियो ।कार्यक्रमका प्रमुख अतिथि घोराही उपमहानगरपालिका वडा नम्बर १३ का अध्यक्ष रविलाल घर्तीले प्राकृतिक सुन्दरताले भरिपूर्ण मौलाकटलाई जेसिज नमुना ग्रामको रुपमा घोषणा गरेकोमा धन्यवाद दिनुभएको थियो । उहाँले मौलाकोटमा प्याराग्लाइडिङ र केबलकारको सम्भावना रहेको उल्लेख गर्दै यसका लागि विशेष पहल थालिने बताउनुभयो ।त्यस्तै जेसिजग्राम संयोजक जेसी माधव केसीले मौलाकोटको संस्कृतिक तथा ऐतिहासिक महत्वमाथि प्रकाश पार्दै पर्यटनको राम्रो सम्भावना बोकेको यस क्षेत्रमा भ्यू टावरको आवश्यकता औंल्याउनुभयो । जेसिजका कार्यकारिणी उपाध्यक्ष मिनराज भाटले मौलाकोटको विकासमा जेसिजले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । कार्यक्रमको सहजीकरण महासचिव बुद्धिप्रकाश शर्माले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस