दाङ, ६ वैशाख । फरार अभियुक्त दीपक मनाङ्गे (राजीव गुरुङ) पक्राउ परेका छन् । प्रहरी परिसर काठमाडौंले गुरुङलाई बिहीबार पक्राउ गरेको हो ।

ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै २०६९ सालमा तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङेलाई ५ वर्ष जेल सजाय सुनाएको थियो। गत माघमा सर्वोच्चले ज्यान मार्ने उद्योगमा ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालतको सजाय सदर गरेको थियो ।

मनाङको प्रदेश (ख) बाट स्वतन्त्र उम्मेदवारबाट निर्वाचित उनले सांसदको शपथ समेत लिएका छैनन् ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस