घोराही, ६ वैशाख । जिल्ला युवा समिति दाङका अध्यक्ष सुरेश रावतले असहाय बालक दीपक घर्तीलाई विद्यालय भर्ना गराएर अभिभावकत्व ग्रहण गरेका छन् ।  ‘हामी सबैको इच्छा, अनिवार्य आधारभूत निःशुल्क शिक्षा’ भन्ने मुल नाराका साथ  सरकारले यही वैशाख २ गतेदेखि सुरु गरेको विद्यालय भर्ना कार्यक्रमअन्तर्गत आफूले बालकलाई विद्यालय भर्ना गरेको रावतले बताए ।

आशाराम घर्ती र चन्द्रकली घर्तीका छोरा तुलसीपुर उपमहानगरपालिका १६ निबासी  दीपक घर्तीलाई श्री लक्ष्मी आधारभूत विद्यालय लक्षिनपुरमा कक्षा ५ मा भर्ना गरी झोला, कापी, कलम र पेन्सिल हस्तान्तरण गरेका थिए । दीपकका बुबाको वैदेशिक रोजगारीका क्रममा विदेशमै ज्यान गएको थियो ।

सबै बालबालिकालाई शिक्षामा सहज पहुँच पुर्‍याउन र विद्यालय छोड्ने क्रमको अन्त्य गर्न आफूले अभिभावकत्व ग्रहण गरेको रावतले बताए । आधारभूत शिक्षा पूरा नहुँदासम्म दीपकको पढाइका लागि अभिभावकका रुपमा आफूले जिम्मेवारी लिने रावतले जानकारी दिए ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस