दाङ, ८ वैशाख । नेकपा एमाले दाङले नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसका अवसरमा कार्यक्रम गर्ने भएको छ । नेकपा एमाले जिल्ला कमिटी दाङले भोलि दिउँसो १२ बजे घोराही उपमहानगरपालिकाको सभाकक्षमा कार्यक्रम गर्ने भएको हो ।
नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ६९औँ वर्ष पुगेको अवसरमा आयोजित उक्त कार्यक्रममा ‘नेपालमा कम्युनिष्ट पार्टी स्थापना, विकास र आगामी सम्भावना’ बारेमा छलफल समेत राखिएको एमाले दाङले जनाएको छ ।
उक्त कार्यक्रममा सहभागिताका लागि एमाले दाङले पार्टी पङ्क्ति, भातृ सङ्गठन, समर्थक, शुभेच्छुक, सञ्चारकर्मी लगायत सबैलाई आमन्त्रण गरेको छ ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस