घोराही, ९ वैशाख । घोराही उपमहानगरपालिकाले नगर क्षेत्रका राजनीतिक दल, जननिर्वाचित प्रतिनिधि र सरकारी कर्मचारीहरुलाई सरकारी विद्यालयमा बालबालिकालाई भर्ना गर्न आग्रह गरेको छ । सरकारी विद्यालयको शिक्षालाई गुणस्तरीय बनाउँदै आकर्षणको केन्द्र बताउनुपर्ने भन्दै उपमहानगरले सबै सरोकारवालाहरुलाई सरकारी विद्यालयमा बालबालिका भर्ना गराउन आग्रह गरेको हो ।
नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले भर्ना अभियानकै चरणमा नगर क्षेत्रका राजनीतिक दल, जनप्रतिनिधि र सरकारी कर्मचारीहरुलाई आफ्ना बालबालिकालाई सरकारी विद्यालयमा भर्ना गर्न आग्रह गरेको हो ।
सरकारी विद्यालयको विश्वसनीयता गुम्न लागेको निष्कर्ष निकाल्दै घोराही उपमहानगरले शैक्षिक गुणस्तर कायम गर्न सबै लाग्नुपर्ने बेला आएको बताएको छ ।
शैक्षिक लगानीमा धेरै रकम खर्च भए पनि उपलब्धि सन्तोषजनक नभएको निष्कर्ष निकाल्दै शैक्षिक गुणस्तरीयता कायम गर्न नियमिति प्रभावकारी अनुगमन र सुपरिवेक्षणलाई कडाई गर्ने समेत बैठकले निर्णय गरेको प्रवक्ता भरत अर्यालले जानकारी दिनुभयो ।
सरकारी विद्यालयमा विश्वास जगाउन आवस्यक रहेको भन्दै उहाँले त्यसका लागि गुणस्तरीय शिक्षा कायम गर्ने र सबै सरोकारवालाहरुलाई आफ्ना बालबच्चालाई विद्यालय भर्नामा प्रोत्साहित गर्ने बताउनुभयो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस