घोराही, १३ वैशाख । प्रेस चौतारी नेपाल दाङले एकदिने न्यायिक रिपोर्टिङ सम्बन्धी तालिम सञ्चालन गर्ने भएको छ । दाङ देउखुरी जिल्ला अदालत र जिल्ला न्यायाधिवक्ताको कार्यालयको सहयोगमा तालिम सञ्चालन गर्ने निर्णय भएको चौतारी दाङका अध्यक्ष जेएन सागरले बताउनुभयो ।

उहाँका अनुसार चौतारी दाङको सल्लाहकारमा टीका बस्नेत, दुर्गालाल केसी, प्रबल रेग्मी, संगीत बस्याल, राधा पौडेल र रञ्जिता शर्मालाई चयन गरिएको छ ।

त्यसैगरी जिल्लाका दशवटै स्थानीय तहमा पनि संयोजक तोकिएको छ । जसअनुसार किरण गौतमलाई घोराही उपमहानगरपालिका, ओपेन्द्र बस्नेतलाई तुलसीपुर उपमहानगरपालिका, शिवु खनाललाई लमही नगरपालिकाको संयोजक तोकिएको छ । बालकृष्ण पाण्डेलाई बबई, दिप्तीशिखा चौधरीलाई दङ्गीशरण, माधव कँडेललाई शान्तिनगर, मञ्जु रोका मगरलाई राजपुर, भानु जोशीलाई राप्ती, पुरन चौधरीलाई गढवा र शिव घर्ती मगरलाई बङ्गलाचुली गाउँपालिकाको संयोजक तोकिएको छ ।

यसैगरी आज बसेको बैठकले ‍सात सदस्यीय सचिवालय गठन गरेको छ । जसमा पदाधिकारी र सदस्यहरु किरण गौतम र विमला घर्ती मगरलाई सचिवालयमा राखिएको छ ।

बैठक प्रेस चौतारी नेपाल दाङ शाखाका अध्यक्ष जेएन सागरको अध्यक्षता तथा प्रेस चौतारी नेपालका उपाध्यक्ष सविन प्रियासनको प्रमुख आतिथ्यता एवं प्रचार विभाग प्रमुख शरद अधिकारीको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो ।

 

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस