दाङ, १८ बैशाख । घोराही उपमहानगरपालिका वडा नं. १६ को सहयोग र दाङ सञ्चार प्रालिको आयोजनामा आजदेखि घोराहीमा दुईदिने बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सुरु भएको छ ।

तालिम उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपमहानगरपालिकाकी उपप्रमुख सीता न्यौपानेले बालबालिकाका अधिकार सुरक्षित गरी स्थानीय तहलाई बालमैत्री बनाउन सबै सरोकारवालाको सहयोग जरुरी भएको बताउनुभयो । उहाँले बालमैत्री स्थानीय शासनले समाजमा बालबालिकाको अवस्था सुधार्न सहयोग पुर्‍याउने धारणा व्यक्त गर्नुभयो । उपमहानगरपालिकाका सबै वडाहरुलाई बिस्तारै बालमैत्री घोषणा गर्दै जाने योजना रहेको उहाँले जानकारी दिनुभयो ।वडा नं. १६ का अध्यक्ष लछिनप्रसाद बुढाले वडालाई बालमैत्री घोषणा गर्ने तयारीका साथ विभिन्न योजनाहरु बनाइरहेको जानकारी दिनुभयो । बालमैत्री कार्यक्रमलाई प्राथमिकतामा राखेर नमुना वडा बनाउन लागिपरेको उहाँले बताउनुभयो । कार्यक्रममा बालअधिकार, बालमैत्री स्थानीय शासन, बालमैत्री स्थानीय शासनका सूचकहरु, बालमैत्री स्थानीय तह घोषणा प्रक्रिया, बालमैत्री वडा घोषणाको तयारी लगायतका विषयमा प्रशिक्षण दिइएको छ ।कार्यक्रममा उपमहानगरपालिकाका सामाजिक विकास अधिकृत बालकृष्ण खनाल, प्रशिक्षकहरु दुर्गालाल केसी, जेएन सागर र लक्ष्मी केसीले सहजीकरण गरिरहनुभएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस